हल्लाखल्लासहित ‘छक्का पञ्जा ४’मा काम गरेकी मलिनाले किन दुखाइन् दीपक–दीपासँग मन ? — OSNepal

हल्लाखल्लासहित ‘छक्का पञ्जा ४’मा काम गरेकी मलिनाले किन दुखाइन् दीपक–दीपासँग मन ?

LC (KTM) February 21, 2023 0

काठमाडौं- ‘छक्का पञ्जा ४’मा अभिनय गरेकी मलिना जोशीले दीपक–दीपासँग मन दुखाएको खबर बाहिर आएको छ । निकै हल्लाखल्लासहित फिल्ममा अनुबन्ध भएकी जोशीले फिल्मका पोस्टर तथा गीत र ट्रेलर केही पनि सेयर नगरेपछि उनी दीपक–दीपासँग दुखी भएको बुझिएको हो ।

फिल्मको प्रचारमा कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौला खटिरहेका बेला मौन रहेकी मलिना को फिल्मप्रतिको उदासीनताले निर्माण टिम र मलिनाबीचको सम्बन्ध सुमधुर नरहेको संकेत दिन्छ।

निर्माण टिमले पनि मलिनालाई पोस्टर र ट्रेलरमा खासै स्थान दिएको छैन। यहि कारण पनि अहिले फिल्म उद्योगमा दीपक–दीपासँग मलिनाले मन दुखाएको चर्चा सुरु भएको हो । फिल्मको गीत र ट्रेलर युट्युब ट्रेन्डिङको १ नम्बरमा पुगेको छ भने फागुन १९ गतेदेखि प्रदर्शनको तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर