ओलीले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने — OSNepal

ओलीले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने

LC (KTM) May 14, 2021 0

काठमाडौं ३१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय भित्र विपक्षीदलहरुले गठबन्धनको सरकार बनाउन नसकेपछि फेरि केपी शर्मा ओलीप्रधानमन्त्री बनेका छन् । ओली धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका हुन् ।

अब ओलीले सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । यदि विश्वासको मत लिन नसकेको खण्डमा फेरि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम उपधारा २ बमोजिम प्रतिनिधि सभाको विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

कि त ओलीले बहुमत पुर्याउने प्रयास गर्नेछन् कि गठबन्धनले । जसले बहुमत प्राप्त गर्छ अनि त्यसले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ यदि यस्तो नभएमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोकिनेछ । मुलुक फेरि मध्यावधि चुनावतर्फ जाने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर