कप्तान रोहितले सन्दीपलाई अगाडी बोलाएर यसरी गरे प्रशंसा — OSNepal

कप्तान रोहितले सन्दीपलाई अगाडी बोलाएर यसरी गरे प्रशंसा

LC (KTM) February 21, 2023 0

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई हराउँदा नेपाली टिमका पूर्व कप्तान सन्दीप लामिछानेको तारिफ भइरहेको छ ।

विश्वकप लिग–२ कै सबैभन्दा बलियो टोली स्कटल्यान्डविरुद्ध एक सय ३८ रनमा ८ विकेट गुमाएको अवस्थामा नेपालले अविश्वसनीय कमब्याक गरेको थियोे। त्यसको नेतृत्व कप्तान रोहित पौडेलले गरेका थिए। खेल रोमाञ्चक तरिकाले अघि बढिरहँदा कप्तान पौडेलले सन्दीपलाई सबैभन्दा पछाडि देखेपछि उनले अर्का एक खेलाडीलाई सन्दीपलाई अगाडि पठाउन आग्रह गरे ।

कप्तानले बोलाएपछि सन्दीप पनि अगाडि आए । त्यसपछि रोहित आफैले सन्दीपलाई सबैभन्दा अगाडि राखेका थिए। सन्दीपले दर्शकदीर्घातर्फ नमस्कार गर्दै धन्यवाद दिए ।

खेल जिते लगत्तै उनले सन्दीपको कमब्याक महत्वपूर्ण रहेको उल्लेख गर्दै सन्दिपलाई धन्यवाद भने । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडेका थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६।१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकुलेनले ३१, काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर