काजोलकै कारण यो हिट फिल्म छोडेकी थिईन् रविना टण्डनले, कारण यस्तो — OSNepal

काजोलकै कारण यो हिट फिल्म छोडेकी थिईन् रविना टण्डनले, कारण यस्तो

LC (KTM) February 22, 2023 0

रविना टण्डन बलिउड फिल्म उद्योगको चर्चित नाम हो । हालै उनले करण जोहरको फिल्म ‘कुछ कुछ होता है’ को बारेमा एउटा रोचक खुलासा गरेकी छिन्, जसका कारण उनी निकै चर्चामा छिन् । हालै ‘कुछ कुछ होता है’ को बारेमा कुरा गर्दै रविना टण्डनले यो फिल्मको अफर अस्वीकार गरेको खुलासा गरेकी थिइन् ।

अभिनेत्रीले भनिन्– ‘मैले करण जोहरको फिल्म ‘कुछ कुछ होता है’ रिजेक्ट गरेकी थिएँ किनभने फिल्ममा मेरो चरित्र काजोलको भन्दा निकै सानो थियो । रविना टण्डनले थप भनिन्, ‘काजोल र मैले फिल्म उद्योगमा सँगै सुरुवात गरेका थियौं । उनी मेरो समकालीन थिइन् । करियरको उत्कर्षमा पुगेपछि मलाई त्यस्तो कुनै पनि चलचित्र गर्न मन लागेन जसमा मेरो चरित्र अन्य अभिनेत्रीको भन्दा सानो होस् ।

यही कारणले गर्दा मैले करणको फिल्ममा काम गर्न अस्वीकार गरें । रविनाको कुरा यतिमै टुङ्गिएन, उनले थप भनिन् – यस फिल्ममा काम नगरेकोमा करण जोहरले मलाई अहिलेसम्म माफ गरेका छैनन्। पछि करण जोहरले रानी मुखर्जीलाई रविना टण्डनको भूमिका अफर गरे ।

शाहरुख खान, काजोल, सलमान खान र रानी मुखर्जी स्टारर फिल्म ‘कुछ कुछ होता है’ सन् १९९८ मा रिलिज भएको थियो, जसले बक्स अफिसमा निकै कमाई गरेको थियो । रविना टण्डनको कुरा गरौं, उनको बलिउड करियर पनि उत्कृष्ट थियो । अभिनेत्रीले आफ्नो करियरमा अहिलेसम्म ‘मोहरा’, ‘दिलवाले’, ‘अंदाज अपना(अपना’, ‘दुल्हेराजा’, ‘लाडला’, ‘खिलाड़ियों का खिलाडी’, ‘बडे मियाँ छोटे मियाँ’, ‘आन्टी नम्बर वन’मा अभिनय गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर