भोजपुरको पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा — OSNepal

भोजपुरको पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

LC (KTM) February 22, 2023 0

भोजपुर-भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबिपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो । सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा रु ७३ हजार नौ सयका दरले रु २४ लाख ३८ हजार बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

त्यस्तै दोस्रो वर्षमा प्रतिविद्यालय रु १८ हजारसयका दरले रु छ लाख बराबरको इन्टरनेट सेवा प्रदान गर्ने पौवादुङमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुनिता कटवालले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम् प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर