सन्दिप लामिछानेको भाबुक पोस्ट - मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ — OSNepal

सन्दिप लामिछानेको भाबुक पोस्ट – मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ

LC (KTM) February 22, 2023 0

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले देशले क्रिकेट जितेको बताएका छन्। आज सामाजिक सञ्जालमा एक भाबुक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले साथ र मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी व्यक्त गर्दै आफ्नो देशले क्रिकेट जितेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।’आईसीसी विश्वकप क्रिकेट लिग–२ को स्कटल्याण्ड र नामिबियासँगको सिरिजमा नेपालले ४ वटै खेल जितेको थियो।

जसमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए। उक्त सिरिजमा उनी सर्वाधिक विकेट लिने बलर बनेका थिए। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर