कोरोनाका कारण पत्रकार दिनेश दाहालको निधन — OSNepal

कोरोनाका कारण पत्रकार दिनेश दाहालको निधन

LC (KTM) May 08, 2021 0

काठमाडौँ -कोरोनाका कारण पत्रकार दिनेश दाहालको निधन भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य ४० वर्षको उमेरमा नि धन भएको हो ।

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

१५ दिनदेखि उपचाररत दाहालको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो ।त्रकार दाहाल पछिल्लो समय सिपोस्ट न्यूज डटकमका सम्पादकरप्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर