उर्फीलाई एक ड्राइभरले गरे यस्तो हर्कत , डरले अभिनेत्रीले लिनु पर्यो अर्काको साहारा — OSNepal

उर्फीलाई एक ड्राइभरले गरे यस्तो हर्कत , डरले अभिनेत्रीले लिनु पर्यो अर्काको साहारा

LC (KTM) February 23, 2023 0

सामाजिक सञ्जाल सेन्सेसन उर्फी जावेद आफ्नो फेसनल पहिरनका कारण चर्चामा रहन्छिन् । तर, देशमा भइरहेका समस्यामा उनी प्रायः आफ्नो धारणा राख्छिन् । भर्खरै उनीसँग एउटा यस्तो घटना भयो, जसपछि उनी महिलाको सुरक्षालाई लिएर चिन्तित देखिइन् । नायिकाले महिलाको सुरक्षामा आवाज उठाइन् ।

उर्फीले सामाजिक सञ्जालमार्फत सम्पूर्ण घटना सुनाइन् ।वास्तवमा उर्फी जावेद कामको सिलसिलामा दिल्ली गएकी थिइन् । इन्स्टाग्राम स्टोरीमा एक भिडियो शेयर गर्दै उनले भने, ‘आज मलाई उबरसँग निकै नराम्रो अनुभव भयो । मैले ६ घण्टाको लागि उबर बुक गरेको थिएँ र केहि समयको लागि एक ठाउँमा बस्नुपर्ने थियो। त्यसपछि त्यो व्यक्ति मेरो सामान लिएर त्यहाँबाट गायब भयो।

म उसलाई फोन गरेर बोलाइरहेको थिएँ, तर उसको स्थान एक घण्टा टाढाको जस्तो देखिन्थ्यो। ऊ बेपत्ता भयो र ऊ सामान लिएर पनि फर्केर आउँदैनथ्यो र म उडान छुटेकोले ढिलो हुँदै गइरहेको थिएँ।अभिनेत्रीले थप भनिन्, ‘मैले पुरुष साथीलाई बोलाएँ । बोल्दा उनी डराए । मान्छेको स्वरमा डराए, नत्र केटीको आवाजमा डराउनु परेन ।

त्यसपछि डेढ घण्टा पछि उसले मेरो सामान ल्यायो र त्यो पनि एकदमै मातेको थियो। बोल्न पनि सकेनन् । उबर दिल्लीमा केटीहरूको लागि सुरक्षित छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर