५८ औं मिनेटमा छिरेका लुकाकुले मिलानलाई दिलाए जीत — OSNepal

५८ औं मिनेटमा छिरेका लुकाकुले मिलानलाई दिलाए जीत

LC (KTM) February 23, 2023 0

काठमाडौं, ११ फागुन । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा इटालियन क्लब इन्टर मिलानले जीत हासिल गरेको छ ।

घरेलु मैदानमा इन्टरले बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई १–० ले पराजित गरेको हो ।

मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टरले ७८औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा इन्टरले उठाउन सफल भयो ।

ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो समस्यामा पर्न पुगेको थियो । जसको फाइदा इन्टरले लिन सफल भयो ।

त्यसपछि निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी हुदाँ मिलानले गोल हानेकाे थियाे । उनी ५८औं मिनेटमा इडेन जेकोको स्थानमा मैदान छिरेका लुकाकुले गोल गर्दै इन्टरलाई जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर