फिल्मी क्षेत्रमा जम्दै सोनु पौडेल — OSNepal

फिल्मी क्षेत्रमा जम्दै सोनु पौडेल

LC (KTM) February 23, 2023 0

काठमाडौं । पोखरा घर भई काठमाडौंमा बसेर मोडलिङ गर्दै आएकी सोनु पौडेल पछिल्लो समय फिल्मी क्षेत्रमा ब्यस्त रहेकी छिन् । सुरुमा केही सर्टमूभि र म्युजिक भिडियोमार्फत नेपाली मोडलिङ क्षेत्रमा प्रबेश गरेकी सोनुले ठुलो पर्दाका आधा दर्जन चलचित्रमा अभियन गरिसकेकी छिन् । दर्जन बढी सर्ट मूभि, मूभि र म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोनु पछिल्लो समय फिल्मी क्षेत्रमा ब्यस्त रहेकी हुन् ।

हाल उनी चलचित्र मायाको प्रचारप्रसार र प्रदर्शनका लागि धनगढी पुगेकी छिन् । सुदुरपश्चिको सन्देश मुलक कथालाई समेटेर तयार पारिएको सो चलचित्रमा सोनुको पनि मुख्य भूमिका रहेको छ । २ घण्टाको सो चलचित्रमा एउटा गित छ भने यसको निर्देशन उपेन्द्र खड्काले गरेका छन् । सन्देशमुलक सो चलचित्र एकपटक हेर्नैपर्ने सोनुको धारणा छ । यसअघि उनले शिवानी नामक चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् ।

अब थारु नामक नेपाली चलचित्रमा पनि उनले अभिनय गर्दैछिन् । सोनुले मुख्य भूमिकामै अभिनय गरेको शुभचिन्तक नामक चलचित्र पनि प्रदर्शनको अन्तिम तयारीमा रहेको छ । सो चलचित्रमा सोनुले गाउँको मुखियानीको भूमिकामा अभिनय गरेकी छिन् ।

सो चलचित्रको सुटिङ धनगढी र डोटी लगायतका क्षेत्रमा गरिएको हो । उपेन्द्र खड्काले नै निर्देशन गरेको सो चलचित्र आगामी बैशाखामा प्रदर्शन हुने तयारी भईरहेको छ । आफु रहरले नभएर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागेको बताउँदै सोनुले उत्साहित हुदै भनिन्, ‘मेरो सानैदेखिको इच्छा हो मोडलिङ । एक्टिङहरु सिकेको छु ,मेहनत अनि निरन्तरता दिनुपर्छ, सबैको सुझाब र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।’

दुई÷चार वटा चलचित्र खेलेर रहर पुर्याउने मेरो सोच हैन, यसैमा भविष्य बनाउने सोचमा छु, संघर्ष गरिरहेको छु । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे सोनुले भनिन्, ‘घरपरिवारको पनि ठुलो सपोर्ट छ । हल्का ग्लामर सिन दिन रुचाउने मोडल सोनुलाई लभ स्टोरी र एक्सन प्रधान चलचित्रमा अभिनय गर्न मन भएको बताउँदै भनिन्, ‘चलचित्रको अफर आएमा आफुलाई सुट भएमा अभिनय गर्नेछु ।’ अहिलेसम्म कसैको पनि प्रेममा नपरेकी सोनु भन्छिन् – अहिले करियर बनाउने समय हो, प्रेमको विषयमा सोचेकै छैन । सेक्स प्राकृतिक कुरा भएको बताउँदै मोडल सोनुले मानिसको जीवनमा यो अत्यवाश्यक रहेको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर