इन्स्टाग्राममा ३.२ मिलियन फलोअर्स छन् शाहरुख खानकी छोरी सुहानाका — OSNepal

इन्स्टाग्राममा ३.२ मिलियन फलोअर्स छन् शाहरुख खानकी छोरी सुहानाका

LC (KTM) February 23, 2023 0

एजेन्सी । शाहरुख खानकी छोरी सुहाना खानको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । तस्बिरमा सुहानाको हातमा ठूलो गुलदस्ता देखिन्छ । ट्युलिप र गुलाबको फूलले सजाइएको यो गुच्छा देखेर किंग खानकी छोरी सुहाना तस्बिरमा लजाएको देखिन्छ । यो तस्विर सुहानाको फ्यान पेजले शेयर गरेको छ ।

सुहाना हालै छुट्टी मनाउन लन्डन गएकी थिइन्, जहाँ उनले यो गुलदस्ता पाएकी थिइन् । फोटोमा सुहाना खान बिना मेकअप लुकमा देखिएकी छिन् । सुहानाले हल्का गुलाबी रंगको टप र ज्याकेट लगाएकी छिन्।सुहानाको हेयर स्टाइल पनि निकै सोबर छ। उनले आफ्नो सबै कपाल स्लीक बनमा बाँधेकी छिन् ।

तस्बिरमा सुहाना लजालु ढङ्गमा फूलको गुच्छा समातेको देखिन्छ । तस्बिरमा ध्यान दिन लायक कुरा के छ भने सुहाना गुलदस्ता हेरेर मुस्कुराइरहेकी छिन् । शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा सुहानाका ३।२ मिलियन फलोअर्स छन् । सुहानाले सामाजिक सञ्जालमा हरेक दिन आफ्नो तस्विर सेयर गरिरहेकी हुन्छिन् ।

उनको बोल्ड स्टाइललाई फ्यानले निकै मन पराउँछन् । वास्तवमा छिट्टै सुहाना पनि बलिउडमा प्रवेश गर्न लागेकी छिन् । सुहाना खान फिल्ममेकर जोया अख्तरको आगामी फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् । ‘द आर्चिज’ मा सुहाना खान महत्वपूर्ण भूमिकामा देखिनेछिन् । जोया अख्तरको यो फिल्म नेटफ्लिक्समा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर