६ हजार १९२ केजी पीठो प्रयोग गरेर बनाइयो संसारकै ठूलो पिज्जा — OSNepal

६ हजार १९२ केजी पीठो प्रयोग गरेर बनाइयो संसारकै ठूलो पिज्जा

LC (KTM) February 23, 2023 0

काठमाडौं । संसारकै सबैभन्दा ठूलो पिज्जा बनाउने युवक एक युट्युबर हुन् । चर्चित अमेरिकी स्टार एयरर्याक नाम गरेका युवकले १३ हजार ९९० वर्गफिट आकारको भीमकाय पिज्जा तयार गरेर आफ्नो नाम गिनिज बुकमा लेखाएका छन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार एयरर्याकको उक्त पिज्जाले यसअघिको १३ हजार ५८०.२७ वर्गफिट क्षेत्रफलको पिज्जाको कीर्तिमान तोडेको छ । उक्त पिज्जा सन् २०१२ मा इटालीको रोममा रहेको NIPfood ले तयार गरेको थियो ।

अमेरिकामा हालै आयोजित समारोहमा तयार पारिएको उक्त कीर्तिमानी पिज्जाले विश्व कीर्तिमान कायम गरेसँगै टुक्रा टुक्रा पारेर च्यारिटीहरुलाई वितरण गरिएका दृश्यहरु सामाजिक संजालमा समेत चर्चाको विषय बन्न पुगेको थियो ।

यो विश्व कीर्तिमानधारी विशाल पिज्जा तयार गर्न ६ हजार १९२ केजीभन्दा धेरै पीठो, करिब २ हजार २४४ केजी गुलियो मेरिनारा सस, करिब ३ हजार ९९१ केजी चिज खर्च गरिएको समाचारमा जनाइएको छ । जसलाई एकैपटक पकाउन सम्भव नभएकाले हिस्सा हिस्सामा पकाइएर तयार पारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर