गायिका सेलेना गोमेज बनिन् इन्स्टाग्राममा सर्वाधिक पछ्याइने महिला, दोस्रो बनिन् काइली — OSNepal

गायिका सेलेना गोमेज बनिन् इन्स्टाग्राममा सर्वाधिक पछ्याइने महिला, दोस्रो बनिन् काइली

LC (KTM) February 23, 2023 0

काठमाडौं – काइली जेनरलाई उछिन्दै गायिका सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइने महिला बन्न सफल भउकी छन् । यसअघि पनि सेलेना धेरै पछ्याइने महिला बनेकी थिइन् ।

नेपाली समयानुसार बिहीबार बिहानसम्म सेलेनालाई पछ्याउनेको संख्या सोही अवधिसम्म ३८ करोड ८ लाख ५३ हजार २९३ पुग्दा काइलीलाई इन्स्टाग्राममा ३८ करोड ४ लाख आठ हजार २७४ जनाले पछ्याएका छन् ।

भ्यानिटी फेयरको हलिउड कभर २०२३ को लागि दिएको हालैको अन्तर्वार्तामा सेलेनाले ब्रेकअपको बेला आफूले अनलाइन घृणा व्योहरेको बताएकी छन् । सामाजिक सञ्जालमा राम्रा कमेन्ट भन्दा नराम्र कमेन्ट धेरै हुने र आफ्नो ध्यान सिधै नकारात्मक कमेन्ट तर्फ जाने बताउछिन्   ।

गोमेज र जेनरसँगै इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएका महिला सेलिब्रेटीमध्ये ३५७ मिलियन फलोअर्स भएका एरियाना ग्रान्डे, ३४६ मिलियन फलोअर्स भएका किम कार्दसियन र २९३ मिलियन फलोअर्स भएका बियोन्से रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर