प्रेमिकाको विबाहमा महिलाको पहिरन लगाएर पुगेका प्रेमीको नक्कली कपाल झरेपछि हंगामा — OSNepal

प्रेमिकाको विबाहमा महिलाको पहिरन लगाएर पुगेका प्रेमीको नक्कली कपाल झरेपछि हंगामा

LC (KTM) February 23, 2023 0

काठमाडौँ । आफ्नी मायालुलाई भेट्न एक प्रेमीले के सम्म गर्दैनन् होला ? भन्ने कुराको उादहरण प्रेमीकाको विबाहमा महिलाको भेषभुषामा पुगेका प्रेमीले देखाएका छन् ।

आफ्नी प्रेमीकाको विबाह अर्कै पुरुषसँग हुने खबर पाएका प्रेमी विबाहको दिन महिलाको ड्रेस लगाएर विबाह स्थलमा पुग्छन् ।

प्रेमिकाको घर पुग्दा त्यहाँ विवाहको धुमधाम तयारी भइरहेको दृश्यले उनी दुखी हुन्छन् । नक्कली कपाल जोडेर, महिलाको कपडा लगाएर, फेसमा मेकअप समेत गरेर महिला जस्तै बनेर पूर्व प्रेमिकाको घर पुगेका उनले लेडीज चप्पल र लेडीज ब्याग समेर बोकेर प्रेमिकालाई लुकेर चियाउन कोशिस गर्छन् ।

तर माहोल प्रतिकुल बन्दै जान्छ जब ती युवकको टाउकोबाट नक्कली कपाल बाहिर झर्न थाल्छ । धेरैले ती युवकलाई समातेर उनीबारे सोधपुछ गर्न थालेपछि उनी आफ्नो सत्य कथा भन्न बाध्य हुन्छन् । जुन दृश्य भिडियोमा समेत कैद भएको छ ।

मानिसहरुले भिडियो नै खिच्न थालेपछि ति युवक त्यहाँबाट हतार हतार साथीको मबाइकमा चढेर भाग्न सफल हुन्छन् । उनी भागेपनि यो समाचारभारतसहित दक्षिण एशियाका धेरै मिडियाले कभरेज गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर