इन्स्टामा भाइरल बनेको मौनी रोयको यो तस्विरमा त्यस्तो खास के छ ? — OSNepal

इन्स्टामा भाइरल बनेको मौनी रोयको यो तस्विरमा त्यस्तो खास के छ ?

LC (KTM) February 23, 2023 0

काठमाडौं । बलिउडकी सुन्दरी अभिनेत्री मौनी रोय ड्रेसको मामिलामा निकै चुजी छिन् । उनको ग्ल्यामरस लुक्स नै उनका फ्यानको नजरका लागि काफी हुने गरेको छ । पश्चिमी र देसी पोसाकमा समेत मस्तसँग खुल्न सक्ने यी सुन्दरी पछिल्लो तस्विरमा सिल्भर कलरको पातलो साडी लगाएर आफ्नो स्टाइल देखाएकी छिन् । जुन तस्विर सामाजिक संजालका प्रयोगकर्ताहरुले रुचाउँदै मौनीको सुन्दरताको तारिफ गरेका छन् । मौनीले इन्स्टाग्राममा सेयर गरेको तस्विरमा उनी निकै हट देखिएकी छिन् ।

जसमा उनको हेयरस्टाइलदेखि ब्लाउज डिजाइनले उनको सौन्र्दयतामा सुनमा सुगन्ध थपिदिएको छ । सामाजिक सञ्जालमा निकै सक्रिय मौनीका कतिपय फ्यानले उनी बिहेपछि निकै हट बनेको पनि बताउने गरेका छन् । धेरै पटक यी अभिनेत्रीले इन्टरनेटको तापक्रम बढाएकी छिन् । अब उनले खिचेका केहि तस्बिरहरुले बोल्डनेसको सिमा पार गरेका छन् ।

मौनीको यो मुस्कान देखेर सन् २०२२ को अन्तिम दिन उनका फ्यानका लागि अविस्मरणीय बन्न सक्छ । यी तस्विरहरूमा मौनीले सुन्तला रंगको छोटो पोशाक लगाएकी छिन्, जसको घाँटी पनि निकै गहिरो छ । आफ्नो लुक पूरा गर्न अभिनेत्रीले हातमा क्लच पनि लिएकी थिइन् ।मौनीको डिभिलिंग आउटफिटका कारण उनको क्लिभेज पनि स्पष्ट देखिन्छ ।

यो तस्बिरमा अभिनेत्रीले आफ्नो कपाल एकातिर लगाएकी छिन् भने उनको आँखा लजाएर हल्का झुके जस्तो देखिन्छ । मौनीको यो फोटोशूट देखेर धेरैको श्वास बढ्न सक्छ । मौनीलाई यो पहिरनमा राम्रो देखिएको छ । क्लचसँगै मिल्दोजुल्दो स्यान्डलले मौनीको सम्पूर्ण लुकलाई निखारिरहेको छ । सामाजिक मिडिया प्लेटफर्म इन्स्टाग्राममा मौनी रोयलाई २५।६ मिलियन मानिसहरूले फलो गर्छन्।

कमेन्ट सेक्शनमा हेरेर नायिकाको फ्यान फलोइङको पनि अनुमान गर्नुहुनेछ । यो तस्विर मौनीले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट सेयर गरेकी छिन् । एक घण्टामै यी तस्बिरलाई एक लाखभन्दा बढीले लाइक गरेका छन् । मौनी रोयको यो लुक उनका फ्यानहरुको दिन उज्यालो बनाउन पर्याप्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर