वेलकम ३ मा कमेडीको डबल डोज , अक्षय संगै अब मुन्ना भाई र सर्किट पनि देखिने — OSNepal

वेलकम ३ मा कमेडीको डबल डोज , अक्षय संगै अब मुन्ना भाई र सर्किट पनि देखिने

LC (KTM) February 23, 2023 0

आगामी दिनहरुमा बलिउडका धेरै हिट फिल्महरुका सिक्वेलहरु दर्शकहरु माझ आउनेछन् । त्यसमध्ये वेलकम ३ पनि एक हो । फिल्मका दुवै भागलाई दर्शकको अत्याधिक माया पाएको देखेर अब निर्माताले फिल्मको तेस्रो भाग ल्याउने तयारी गरेका छन् । वेलकम बलिउडको उत्कृष्ट कमेडी फिल्म हो ।

अक्षय कुमार, कट्रिना कैफ अभिनित यो फिल्मलाई दर्शकले अझै पनि उत्साहका साथ हेर्न रुचाउने भएकाले दर्शकहरु अब तेस्रो भागको प्रतिक्षामा छन् । अहिले फिल्मको बारेमा ठूलो खबर आएको छ । पछिल्लो रिपोर्ट अनुसार अक्षय कुमार, अरशद वारसी र सञ्जय दत्त वेलकम ३ अर्थात वेलकम टु द जंगल मा सँगै देखिने भएका छन् ।

हेरा फेरी ३ हलमा रिलिज भएपछि वेलकम ३ को काम सुरु हुनेछ । फिल्मको निर्देशक भने फाइनल भइसकेको छैन । यो खबर सुनेपछि फ्यानहरुमा खुसीको लहर छायो । याद छ, सन् २००७ मा फिल्म वेलकमले कमेडीको अद्भुत डोज दिएको थियो । यस फिल्ममा नाना पाटेकर, अक्षय कुमार, अनिल कपुर र परेश रावलको अभिनयलाई दर्शकले रुचाएका थिए ।

वेलकम फिल्मलाई दर्शकले अझै सम्झन्छन् । फिल्मको सफलता देखेर निर्माताले सन् २०१५ मा वेलकम ब्याकको नाममा फिल्मको दोस्रो भाग लन्च गरेका थिए । फिल्मको दोस्रो भागमा जोन अब्राहम, अनिल कपूर, नाना पाटेकर र परेश रावल देखिएका थिए ।

यद्यपि फिल्मको दोस्रो भागले खासै कमाल देखाउन सकेन । अब अक्षय कुमार वेलकम ३ मार्फत कमब्याक गर्दैछन् र वेलकम ३ मा अक्षय कुमारलाई देख्न पाउने बताइएको छ । यससँगै अभिनेता हेरा फेरी ३ मा देखिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर