भ्वाइस किड्स सिजन - २ मा राजु लामाको ठाउँमा भित्रिए गायक सुशान्त केसी — OSNepal

भ्वाइस किड्स सिजन – २ मा राजु लामाको ठाउँमा भित्रिए गायक सुशान्त केसी

LC (KTM) February 23, 2023 0

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारण फागुन २६ गतेदेखि सुरु हुने भएको छ । ‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारणका विषयमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नयाँ सिजनको संरचना, अडिसन प्रक्रिया र कोचबारे जानकारी दिँदै यसपटक राजु लामाको ठाउँमा गायक सुशान्त केसी कोचका रुपमा भित्रिन लागेको समेत जानकारी दिइयो । त्यस्तै अन्य कोचहरुमा अघिल्ला सिजनका कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार सिजन २ मा निरन्तर हुनेछन् ।

कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

सो अवसरमा डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्ने निर्देशक पौडेलले बताए । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर