जीवनमा कहिल्यै प्रेमी नै भेटीन, अहिलेसम्म आँफुलाई माया गर्ने केटाको हात समाउन पाइन भन्दै भक्कानिइन् यी युवती — OSNepal

जीवनमा कहिल्यै प्रेमी नै भेटीन, अहिलेसम्म आँफुलाई माया गर्ने केटाको हात समाउन पाइन भन्दै भक्कानिइन् यी युवती

LC (KTM) February 23, 2023 0

काठमाडौं । प्रेमी नपाएको भन्दै एक युवती भक्कानिइरहेकी छिन् । सामाजिक सञ्जालमा निकै नै भाइरल भइरहेको उक्त भावुक भिडियोमा प्रेमी नपाएको झोकमा रोएकी युवतीले जीवनमा कुनै केटाको हात पनि समात्न नपाएको उल्लेख गरेकी छिन् । भाइरल भिडियो चीनको सांघाई सहरमा बस्ने २८ वर्षीया महिलाको हो ।

निकै नै भावविह्वल हुने गरी ति महिला रोएको भिडियोलाई लिएर मानिसहरुले फरक फरक प्रतिक्रिया पनि दिइरहेका छन् । जुन यो हप्ताको सुरुमा भाइरल भएको थियो। भिडियोमा देखिएकी महिलाको पहिचान भने खुलाइएको छैन ।

भिडियोमा यी महिला आफ्नी भाउजुसँग कुरा गर्दै भक्कानिँदै आफ्ना कुराहरु राखिरहेकी हुन्छिन् । उनले भन्छिन् म आफ्नो जीवनमा हरेक दिन दबाब महसुस गर्छु । मैले आजसम्म कसैको हात समातेको छैन ।

मैले सम्बन्धको बारेमा धेरै प्रयास गरे। म ब्लाइन्ड डेटमा गएँ तर माया पाउन सकिन। यो भिडियोमा महिला लगातार रोइरहेकी छिन् । उनी एकल महिला रहेको बताइएको छ ।

उनको एकल सम्बन्धलाई लिएर उनका अभिभावक पनि चिन्तित रहेको समाचारमा जनाइउको छ । उनको यो अवस्थाको सामाजिक संजालका प्रयोगकर्ताहरुले सहानुभूति जनाउँदै नआत्तिन सल्लाह दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर