यी बेरोजगार पतिका ३ जागिरे पत्नि, भन्छन् 'म त सुति सुति खाने हो' — OSNepal

यी बेरोजगार पतिका ३ जागिरे पत्नि, भन्छन् ‘म त सुति सुति खाने हो’

LC (KTM) February 23, 2023 0

काठमाडौं । बेरोजगार पतिका ३ जागिरे पत्नि एउटै घरमा कसरी बस्न सम्भव छ ? निकका तीन पत्नीहरू अप्रिल, जेनिफर र डेनियल भने वर्षौदेखि एउटै घरमा एउटै भान्छा गरेर मज्जाले मिलेर जिन्दगीलाई अघि बढाइरहेका छन् ।

नेपालमा बहुविबाहलाई कानुनले नै बर्जित गरेका बेला निक डेभिस टीएलसीको रियालिटी शो सीकिंग सिस्टर वाइफमा आफ्नी तीन पत्नीहरू, अप्रिल, जेनिफर र डेनियलसँग देखा परे ।

निकका तीनै पत्नीहरू पूर्ण समय काम गर्छन्। निकले भने – अप्रिल मेरी पहिलो पत्नी हुन् । हामी दुवै विश्वविद्यालयमा भेट्यौं। यसपछि हामी दुबैले एक अर्कालाई आफ्नो मन दिएका थियौं ।

हामी दुबै १५ वर्षदेखि सँगै छौं। यो रमाइलो परिवारले रमाइलो तरिकाले समय बिताएको कुरा उक्त अन्तरवार्तामा देख्न सकिन्छ । जेनिफर निक र अप्रिलको जीवनमा करिब दस वर्षअघि प्रवेश गरेकी थिइन् ।

अप्रिल र जेनिफर काममा भेटे। अप्रिल एक प्रबन्धकको रूपमा काम गर्दै गर्दा उनीहरुको भेट भयो र सँगै बस्न थालेका हुन् । ति रमाइला पतिले कार्यक्रमको बिचमा भने म मेरा रानीजस्ता ३ पत्निसँग रातमा उनीहरुको बिचमा सुत्छु भन्दा कार्यक्रममा हाँसो धेरै बेर छाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर