स्पेनका लागि सर्वाधिक खेल खेलेका पूर्व कप्तान सर्जियोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास — OSNepal

स्पेनका लागि सर्वाधिक खेल खेलेका पूर्व कप्तान सर्जियोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

LC (KTM) February 24, 2023 0

काठमाडौं । स्पेनका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । ६ वर्षीय रामोसले बिहीबार सामाजिक सन्जालमा वक्तव्य सार्वजनिक गर्दै सन्यासको घोषणा गरेका हुन् ।

स्पेनका लागि सर्वाधिक खेल खेलेका रामोसले स्पेनका लागि एक विश्वकप र दुई युरोकप समेत जितेका छन् । सन् २००८ र २०१२ को युरो तथा २०१० को विश्वकप जित्दा स्पेनी टिममा रहेका रामोस पछिल्लो पटक कतारमा भएको विश्वकपमा भने टोलीमा अटाएनन् ।

हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट खेल्दै आएका डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन् । जसमा उनले २३ गोल समेत गरेका छन् ।रामोसले सन्यासका लागि अब समय आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर