५ करोड पर्ने जग्गाको मालिक कुकुर भएपछि... — OSNepal

५ करोड पर्ने जग्गाको मालिक कुकुर भएपछि…

LC (KTM) February 24, 2023 0

काठमाडौँ । करोडौँ पर्ने जग्गाको मालिक कुकुर हो भन्दा कसैले पत्याउँदैनन् । तर भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुनै मानिस नभइ कुकुर भएको कुरा सत्य हो ।

बिबिसीका अनुसार गुजरातको बनासकांठा जिल्लाको पालनपुर तालुकको कुस्कल गाउँका कुकुर करोडपति कुकुर हुन्। बाहिरबाट गाउँ प्रवेश गर्दा सबभन्दा अघि देखिने उक्त जग्गाको मालिक कुकुर हुन् ।

पूर्खाले नै कुकुरको लागि सो जमिन राखेका कारण उक्त जग्गा अहिले कुकुरकै भएको बताइन्छ । पुर्खाले दिएको उक्त जमिनको अहिले मूल्य ५ करोड भारु रहेको छ ।

सो जग्गा कुकुरहरुकै लागी प्रयोग गरिने र सो स्थानलाई कुतरिया भनिन्छ । स्थानियहरुका अनुसार कुकुरका लागि उक्त जग्गमा खेती गरेर आएको रकमले कुकुरको खानाका लागि प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर