क्यानडाको नागरिकता त्यागेर भारतीय नागरिकताका लागि आवेदन दिएको अक्षय कुमारको खुलासा — OSNepal

क्यानडाको नागरिकता त्यागेर भारतीय नागरिकताका लागि आवेदन दिएको अक्षय कुमारको खुलासा

LC (KTM) February 24, 2023 0

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले आफूले क्यानडाको नागरिकता त्यागेको बताएका छन् । आफ्नो लागि भारत नै सबथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको बताएका छन् ।

फिल्म ‘सेल्फी’को प्रमोसनका क्रममा दिएको एक अन्तर्वार्तामा बोल्दै उनले क्यानडेली नागरिकताबारे यथार्थ नबुझिकन मानिसले जेसुकै भन्दा फ्नो चित्त दुखेको समेत उनले बताए ।मैले जे कमाएको छु, जे पाएको छु, यहींबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा आफुलार्य भाग्यमानी ठानेको समेत उनले बताएका छन् ।

सन् १९९० को दशकमा अक्षयका १५ भन्दा बढी फिल्म फ्लप भए पछि क्यानडाका लागी त्यतिबेला आबेदन दिएको उनले बताए ।अक्षय आफ्नो क्यानेडियन नागरिकताका कारण सधैं विरोधको निशानामा रहेपछि उनले मुख खोलेका हुन् । अक्षय शुक्रबारदेखि रिलिज भएको फिल्म सेल्फीमा देखिंदैछन् । यसमा उनको साथमा इमरान हासमी र नुसरत भरुचा पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर