साईराम पिक्चर्सबाट रिलिच गरिएको हिमाल सागर र मिस पवीको 'मैँ राजा तिमी रानी'को चर्चा — OSNepal

साईराम पिक्चर्सबाट रिलिच गरिएको हिमाल सागर र मिस पवीको ‘मैँ राजा तिमी रानी’को चर्चा

LC (KTM) February 24, 2023 0

काठमाडौँ । वैँशालु उमेरमा जो कोहीलाई पनि प्रेम गर्ने र रमाइलो गर्ने इच्छा जाग्छ । तर कतिका प्रेम सफल हुन्छन् त कतिका प्रेमहरु सम्झनामा सिमित हुन्छन् । तर गायक हिमालको पछिल्लो प्रस्तुती मैँ राजा तिमी रानीमा देखाइएको एक प्रेमील जोडीको सफल रोमान्टिक प्रेम कहानीले यतिबेला दर्शकहरुको मन जितिरहेको छ ।

गायक हिमाल सागरले ए होर मायाको सफलतासँगै ‘मैँ राजा तिमी रानी’को भिडियो रिलिज गरेका छन् । हिमाल र अनु चौधरीको स्वर रहेको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको छ ।

पुष्कर खत्रीको मिक्स र मास्टरिगं रहेको गीतको भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । बिक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने भिडियोको सम्पादन मिन रावलले गरेका हुन् ।

जसको कलरिगं विकाश दाहालले गरेका हुन् । शम्सेर श्रेष्ठको निर्माणमा तयार भएको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो । भिडियो रिलिज गरिए लगत्तै भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको निर्मण यूनिटले जनाएको छ । हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर