४३ औं प्रधानमन्त्री भएको भन्दै ओलीलाई दिए गौतमले यस्तो शुभकामना — OSNepal

 ४३ औं प्रधानमन्त्री भएको भन्दै ओलीलाई दिए गौतमले यस्तो शुभकामना

LC (KTM) May 14, 2021 0

काठमाडौं ३१ बैशाख । नेकपा (एमाले) का नेता वामदेव गौतमले तेस्रो पटक प्रधानमन्त्रीमा पूनः नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई दिएका छन् । नेता गौतमले ओली र माधव नेपाली पार्टी एकताको लागि गरेको सहमति र छलफल निकै महत्वपुर्ण घटना भएको भभन्दै ४३ औं प्रधानमन्त्री भएकोमा ओलीलाई शुभकामना दिएका हुन् ।

पार्टी एकताको लागि तटस्थ बन्दै आएका गौतमले पार्टीलाई मिलाउन हरदम प्रयास गरेका थिए । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। के।पी। शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।” नेपाल ओलीको प्रारम्भि छलफल पनि भएको खुसी समेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्-“नेकपा (एमाले)का दुई वरिष्ठ नेताहरु अध्यक्ष क।के।पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क।माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ। यो नेकपा9एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। के।पी। शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर