इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलको जित — OSNepal

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलको जित

LC (KTM) February 25, 2023 0

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटी माथि जित निकालेको छ । आज राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो ।आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे ।खेलको ४६ औं मिनेटमा ट्रासोर्डको पासमा उनले गोल गरेका हुन् ।

त्यसअघि खेलको २७ औं मिनेटमा आर्सनलका ट्रासोर्डको गोलले मान्यता पाएन् । भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता नपाएको हो । यस जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ । आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अघि रहेको छ ।सिटीको ५२ अंक रहेको छ । लेस्टर २४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर