६३ बर्षिय सन्जु बाबाको जोश अहिले नै उस्तै , जिममा बगाए यसरी पसिना — OSNepal

६३ बर्षिय सन्जु बाबाको जोश अहिले नै उस्तै , जिममा बगाए यसरी पसिना

LC (KTM) February 27, 2023 0

बलिउड अभिनेता सञ्जय दत्त अभिनयभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । आफ्नो करियरमा उनले हालसम्म धेरै फिल्ममा विभिन्न भूमिका निर्वाह गरिसकेका छन् । सञ्जय दत्त लामो समयदेखि बलिउडमा सक्रिय छन् । कुनै समय लागुपदार्थको लत रहेका सञ्जय अहिले आफूलाई फिट राख्नमा विश्वास गर्छन् ।

फिल्मबाहेक उनी अहिले आफ्नो फिटनेसलाई लिएर पनि चर्चामा छन् । सञ्जय दत्त प्रायः जिममा वर्कआउट गर्दाको तस्विर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्छन्। हालै उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सञ्जय दत्तको बॉडी ९० को दशकदेखि युवाहरूमाझ क्रेज थियो।

उनको शरीर निर्माणका धेरै भिडियोहरू अहिले पनि युट्युबमा उपलब्ध छन्। उनले हालै एक भिडियो शेयर गरेका छन् । जसमा उनी जबरदस्त कसरत गरिरहेको देखिएका छन् । उनको यो भिडियो निकै भाइरल भइरहेको छ । नेटिजन्सले पनि यसको तारिफ गरिरहेका छन् । अहिलेको समयमा सञ्जय ६३ वर्षका भइसकेका छन्, तर कसरतको मामिलामा उनले धेरै युवा कलाकारहरूलाई पछि पार्छन्।

भिडियोमा अभिनेतालाई कालो जिम आउटफिटमा देख्न सकिन्छ । भिडियोमा सञ्जय दत्त भारी तौल उठाएर भारी कसरत गरिरहेको देखिन्छ । यस भिडियोमा अभिनेताले केजीएफ च्याप्टर २ को अधेरा थिम म्युजिक राखेका छन् । यो भिडियो सेयर गर्दै उनले क्याप्शनमा लेखेका छन्, हरेक दिन बलियो रहनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर