नवलपरासीमा कोरोना संक्रमण र मृ त्युदरसमेत बढ्दै गएपछि पन्ध्र दिन निषेधाज्ञा थपियो — OSNepal

नवलपरासीमा कोरोना संक्रमण र मृ त्युदरसमेत बढ्दै गएपछि पन्ध्र दिन निषेधाज्ञा थपियो

LC (KTM) May 14, 2021 0

परासी – दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण र मृ त्युदरसमेत बढ्दै गएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा थप १५ दिन निषेधाज्ञा थपिएको छ ।

तीव्र रुपमा फैलिरहेको सङ्क्रमण थप फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन भन्दै आज राति १२ः०० बजेदेखि लागू हुने गरी आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले यसअघिको भन्दा कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । यसअघि यही वैशाख २१ गते राति १२ः०० देखि आज राति १२ः०० बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर