हनुमानढोका दरबार क्षेत्रमा ठड्याइयो फागुको चीर — OSNepal

हनुमानढोका दरबार क्षेत्रमा ठड्याइयो फागुको चीर

LC (KTM) February 27, 2023 0

काठमाडौँ-फागुन शुक्ल अष्टमीका दिन आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबार अघि फागुको चीर ठड्याइएपछि विधिवत्रूपमा फागु पर्व सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ७ः४५ बजेको साइतमा चीरोत्थान गरिएको छ । फागुन शुक्ल अष्टमीका दिन बिहान चीर ठड््याएपछि उपत्यकामा फागु पर्व सुरु गर्ने परम्परा छ । हनुमानढोका दरबार क्षेत्रमा मानन्धर समूहले चीर ठड्याउने परम्परा छ ।

राजधानीलगायत पहाडी जिल्लामा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागुपर्व हर्षोल्लासका साथ मनाइन्छ । चीर ठड्याइएसँगै वसन्तपुरमा रङ्गीविरङ्गी रङ्ग खेली मानिसले खुसी मनाएका थिए । फागुन शुक्ल पूर्णिमाका दिन बेलुकी उक्त चीर ढालिन्छ । यसका लागि पनि समितिले शुभसाइत निर्धारण गरिन्छ । पूर्णिमाकाकै दिन राति चीर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन २२ गते सोमबार र तराईका जिल्लामा फागुन २३ गते मङ्गलबार फागु पर्व मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर