मुम्बईको एम्पायर स्टुडियोमा 'हेरा फेरी ४' गोप्य रुपमा सुटिङ सुरु — OSNepal

मुम्बईको एम्पायर स्टुडियोमा ‘हेरा फेरी ४’ गोप्य रुपमा सुटिङ सुरु

LC (KTM) February 27, 2023 0

बलिउडको सबैभन्दा ठूलो कमेडी फिल्म ‘हेरा फेरी ४’ लामो समयदेखि चर्चामा रहेको थियो । यसअघि हिट फ्रेन्चाइजको तेस्रो भागमा अक्षय कुमारको स्थानमा कार्तिक आर्यनको नाम फाइनल भएको खबर आएको थियो । यद्यपि सुनिल शेट्टी, परेश रावल तेस्रो भागमा थिए। तर अब फ्यानका लागि खुसीको खबर आएको छ ।

हेराफेरीको तेस्रो भागका लागि हेराफेरी ३ मा अक्षय कुमारको नाम फाइनल भएको छ ।  यो खबर आएपछि फ्यानहरुको खुसीको ठेगान छैन । मिडिया रिपोर्टका अनुसार फिरोज नाडियाडवालाले आजदेखि फिल्म हेरा फेरी ३ को सुटिङ सुरु गरेका छन् ।

मुम्बईको एम्पायर स्टुडियोमा गोप्य रुपमा सुटिङ सुरु भएको हो । यसअघि जस्तै अक्षय कुमार, सुनील शेट्टी र परेश रावल तेस्रो भागका लागि सँगै आएका छन् । फिल्मका पात्र राजु, श्याम र बाबुराव तीनै जना सेटमा फर्केर निकै उत्साहित छन् ।यसअघि हेरा फेरीको तेस्रो भागबाट अक्षय कुमार  हटेको खबर आएको थियो ।

पहिलो दुई भाग जस्तै तेस्रो पार्टमा पनि अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको त्रिकुटलाई सबैले हेर्न चाहन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर