सलमानको फिल्म किसी का भाई किसीका जानको दोस्रो गीतले धुम मच्चाउने पक्का , यस दिन हुदैछ रिलिज — OSNepal

सलमानको फिल्म किसी का भाई किसीका जानको दोस्रो गीतले धुम मच्चाउने पक्का , यस दिन हुदैछ रिलिज

LC (KTM) February 27, 2023 0

हिन्दी सिनेमाका मेगा सुपरस्टार सलमान खान यतिबेला आगामी फिल्म किसी का भाई किसी की जान लाई लिएर चर्चामा छन् । सलमानको बहुप्रतिक्षित फिल्म ‘नयो लग्दा’ को पहिलो गीत सुपरहिट सावित भएको छ । यसैबीच सलमान खानले किसी का भाई किसकी जानको दोस्रो गीत ‘बिल्ली बिल्ली गीत’ को रिलिज मिति घोषणा गरेका छन् ।

सोमबार सलमान खानले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा नयाँ भिडियो सेयर गरेका छन् । सलमानको यो भिडियोमा दुई बिरालो बसेको देखिन्छ । साथै भिडियोको ब्याकग्राउन्डमा गायक सुखवीरको स्वरमा बिल्ली बिल्ली गीत बजिरहेको सुनिएको छ । यस भिडियोको क्याप्सनमा सलमान खानले लेखेका छन्– ‘किसी का भाइ किसकी जान से बिल्ली बिल्ली मेरो नयाँ र दोस्रो गीत मार्च २ मा रिलिज हुँदैछ ।

सलमान खानको यो घोषणापछि फ्यानहरू भाइजानको यो नयाँ गीतको उत्सुकताका साथ पर्खिरहेका छन् । यसअघि ‘किसी का भाइ किसकी जान’ को रोमान्टिक गीत ‘नयो लग्दा’ यतिबेला दर्शकको पहिलो रोजाइ बनेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर ‘किसी का भाइ किसकी जान’ को पहिलो गीत ‘नयो लग्दा’ सार्वजनिक भएको छ ।

यो गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ, जसका कारण सलमान खान र बी टाउन अभिनेत्री पूजा हेगडेको नयाँ लग्दा जताततै चर्चामा छ । किसी का भाइ किसकी जान यो अप्रिल ईदको अवसरमा रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर