सलमान खानले क्यारेक्टर मन नपरेर छोडेको फिल्म बाजीगरमा शाहरुखले खेलेको सलमानले गरे खुलासा — OSNepal

सलमान खानले क्यारेक्टर मन नपरेर छोडेको फिल्म बाजीगरमा शाहरुखले खेलेको सलमानले गरे खुलासा

LC (KTM) February 27, 2023 0

शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । चलचित्रले बक्स अफिसमा धमाका मच्चाई रहेको छ । फिल्मलाई लिएर फ्यानहरुको क्रेज भने अन्त्य हुन सकेको छैन । फिल्ममा सलमानको क्यामियोले आकर्षण थपेको छ । दुबैको जोडीलाई दर्शकले निकै मन पराएका थिए ।

तर के तपाईलाई थाहा छ सलमान खानले यस्तो फिल्मलाई अस्वीकार गरेका थिए, जुन पछि शाहरुख खानले बनाएका थिए र त्यो सुपरहिट पनि थियो । यो फिल्म अरु कुनै नभएर सन् १९९३ को एक्शन थ्रिलर फिल्म बाजीगर थियो । यस फिल्मको प्रस्ताव पहिले सलमान खानलाई भएको थियो तर फिल्ममा धेरै नकारात्मकता देखेपछि उनले फिल्म अस्वीकार गरेका थिए।

सलमान खानले एक अन्तर्वार्तामा आफू र उनका बुबा सलिम खानले फिल्ममा रहेको चरित्र निकै नकारात्मक भएको खुलासा गरेका थिए । यो कुरा निर्देशक अब्बासलाई भने । कथामा आमाको भावनात्मक कोण हुनुपर्छ । निर्देशकले उनको सुझाव अस्वीकार गरे। निर्देशकहरूले यो सुझाव नमान्दा सलमान खानले फिल्म छाडे र शाहरुख खान त्यसको हिस्सा बने ।

पछि अब्बास-मस्तानले सलमान र सलीम खानले भनेको कुरा सही हो भन्ने महसुस गरे र त्यसैले राखीलाई फिल्ममा कास्ट गरियो र कथामा आमाको कोण थपियो। सलमान खानले एक अन्तर्वार्तामा भनेका थिए– ‘मलाई बाजीगर मन पर्यो तर मलाई यो क्यारेक्टर निकै नकारात्मक लाग्यो ।

त्यसैले मैले अब्बास–मस्तानलाई आमाको जस्तो पात्र थप्न भनें । दुवै दाजुभाइले हामीलाई हेरेर हाँस्नु भयो यो त एकदमै ठुलो कुरा हो । मैले फिल्म छाडे र शाहरुखले फिल्म साइन गरे। दबंग खानले फिल्म सकिएपछि मलाई फोन गरेर आमा वाला जो आइडिया तपाईको साथमा थियो । मलाई त्यो फिल्मले जोडिरहने छ । सलमानले अगाडि भनेका थिए तर मलाई कुनै पछुतो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर