नेपाललाई मलेसियाको ७३ रनको झिनो लक्ष्य — OSNepal

नेपाललाई मलेसियाको ७३ रनको झिनो लक्ष्य

LC (KTM) February 28, 2023 0

काठमाडौं, १६ फागुन ।  आइसिसी यू–१९ विश्वकप एसिया कप छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो लक्ष्य दिएको छ ।मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भयो । दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए।

यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए। मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर