नेपालले मलेसियालाई १० विकेटले हरायो — OSNepal

नेपालले मलेसियालाई १० विकेटले हरायो

LC (KTM) February 28, 2023 0

काठमाडौँ – नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित हात पारेको छ ।यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा आज नेपालले मलेसियालाई १० विकेटले हराएको हो ।

नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए ।

नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।मलेसियाका तीन ब्याटरले बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाका लागि मोहम्मद मलेकले सर्वाधिक २६ रन बनाए ।

त्यस्तै मोहम्मद हरिसन र साहिर स्यामेलले १२र१२ रन बनाए ।यसअघि सोमबार नेपालले हङकङलाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर