चलचित्र ‘पठान’मा अभिनय गरेपछि चर्चामा दीपिका पादुकोण,फेरी यो फिल्ममा एक्सनमा देखिदै — OSNepal

चलचित्र ‘पठान’मा अभिनय गरेपछि चर्चामा दीपिका पादुकोण,फेरी यो फिल्ममा एक्सनमा देखिदै

LC (KTM) February 28, 2023 0

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पठान’ बाट निकै चर्चामा छिन् । सुपरस्टार शाहरुख खानसँगै उनले फिल्ममा दमदार एक्सन देखाएकि छन् । जसको सर्वत्र चर्चा भयो । ‘पठान’ रिलिज भएको एक महिनाभन्दा बढी भइसकेको छ । यसका बाबजुद पनि चलचित्रले निरन्तर कमाई गर्दै दर्शकलाई हलसम्म पुर्याउन सफल भएको छ ।

यसैबीच, दीपिका अर्को स्पाइ युनिभर्स फिल्म ‘फाइटर’मा व्यस्त छिन् । यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन पनि गर्दैछन् । जसमा ‘वार’ स्टार ऋतिक रोशन मुख्य भूमिकामा छन् । यसैबीच चलचित्रको सेटबाट अभिनेत्रीको तस्विर भाइरल भएको छ ।स्पाइ युनिभर्सको अर्को फिल्म ‘फाइटर’ पनि ‘वार’ र ‘पठान’ जस्ता एक्शन थ्रिलरले भरिएको छ ।

जसमा ऋतिक रोशनका साथमा दीपिका पादुकोणले पनि जबरदस्त एक्सन गरेको देखिनेछ । योसँगै फिल्मलाई लिएर फ्यानमा पनि निकै चर्चा छ । यद्यपि फिल्म अझै छायांकनको चरणमा छ । यसैबीच चलचित्रकी मुख्य नायिका दीपिका पादुकोणले छायांकनको अर्को शेड्युल पूरा गरिरहेकी छिन् ।

हालै फिल्म ‘फाइटर’ को सेटबाट अभिनेत्रीका केही तस्विरहरु सार्वजनिक भएका छन्, जसले इन्टरनेटमा हलचल मच्चाएको छ । भाइरल लुकमा अभिनेत्री दीपिका पादुकोण ज्याकेट लगाएकी देखिएकी छिन् । उनले फ्यानसँग तस्विर पनि खिचिरहेका छन् । तस्विर हेर्दा चिसो क्षेत्रमा फिल्मको सुटिङ भइरहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर