गायक किशोर कुमार बनिदै बलिउड अभिनेता रणवीर कपुर — OSNepal

गायक किशोर कुमार बनिदै बलिउड अभिनेता रणवीर कपुर

LC (KTM) February 28, 2023 0

हिन्दी सिनेमाका सुपरस्टार रणवीर कपुर यतिबेला फिल्म तू झुठी मैं मक्करको प्रमोशनमा व्यस्त छन् । अहिले रणवीर कपुरको नाम भारतीय टीमका पुर्व कप्तान सौरभ गांगुलीको बायोपिकका लागि चर्चामा छ । यसैबीच रणवीरले यस विषयमा मौनता तोडेका छन् । यससँगै रणवीर कपुरले बलिउड उद्योगका लिजेण्ड गायक तथा अभिनेता किशोर कुमारको बायोपिकको बारेमा पनि ठूलो खुलासा गरेका छन् ।

अहिले सामाजिक सञ्जालमा रणवीर कपुरको एउटा भिडियो निकै भाइरल भइरहेको छ । रणवीरको यो भिडियो हालै कोलकातामा आफ्नो फिल्म तू झुठी मै मक्करको प्रमोशनको क्रममा हो । यस भिडियोमा रणवीर सौरभ गांगुलीको बायोपिकको बारेमा कुरा गरिरहेको देखिन्छ ।

भिडियोमा रणबीर कपुरले भनेका छन्, ‘दादा यस्तो व्यक्तित्व हो जसको बायोपिक जो गर्न चाहँदैनन् तर दुर्भाग्यवश यो फिल्म मलाई अफर गरिएको छैन । म विगत ११ वर्षदेखि लिजेण्ड किशोर कुमारको बायोपिकमा काम गरिरहेको छु, निर्देशक अनुराग बसुले स्क्रिप्टमा काम गरिरहेका छन् । आशा छ कि किशोर कुमारको बायोपिक मेरो अर्को बायोपिक बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर