आयुष र एन्जिला फिचर्ड हिन्दी गीत 'आँखों से कह दो' को सार्वजनिक — OSNepal

आयुष र एन्जिला फिचर्ड हिन्दी गीत ‘आँखों से कह दो’ को सार्वजनिक

LC (KTM) March 01, 2023 0

काठमाडौं- गायक कर्मा ग्याल्जेन बोम्जन र गायिका बबिता मानन्धरको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘आँखों से कह दो’ सार्वजनिक भएको छ ।
बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्यायको शब्द, संगीत रहेको प्रेमिल शैलीको यस गीतलाइ डेनियल गदालको एरेन्ज गरेका हुन् ।

आयुष खड्का र एन्जिला बानियाको रोमान्टिक अभिनय रहेको गीतको भिडियोलाई युवा निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन् । बुद्ध थापाको सिनेमाटोग्राफी ,भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।भिडियोलाई रहिल अहमद अफिसियल च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर