ओस्कार अवार्ड कार्यक्रममा आरआरआरको नाटु नाटु गितमा रामचरण र एनटीआरले लाइभ डान्स गर्ने — OSNepal

ओस्कार अवार्ड कार्यक्रममा आरआरआरको नाटु नाटु गितमा रामचरण र एनटीआरले लाइभ डान्स गर्ने

LC (KTM) March 01, 2023 0

ओस्कार अवार्डको कार्यक्रममा आरआरआरको नाटु नाटु गितमा रामचरण तेजा र जुनियर एनटीआर आफैले प्रस्तुति दिने भएका छन् । जसको घोषणा भइसकेको छ । यो गीतका गायक राहुल सिपलीगन्ज र काल भैरवले पनि ओस्कारमा प्रस्तुति दिनेछन् । ओस्कर अवार्डमा डेब्यु प्रदर्शनबाट नाटु नाटु गीतका गायकहरु निकै खुसी छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो ‘इस खुशी हो’ को पोस्ट सेयर गरेका छन् ।‘एकेडेमी अवार्ड्स’ ९२०२३ ओस्कार० को आधिकारिक इन्स्टाग्राम पेजमा मंगलबार राति गायक राहुल सिपलीगन्ज र काल भैरवले आफ्नो ओस्कर डेब्यूमा स्टेजमा लाइभ प्रस्तुति दिने घोषणा गरिएको छ ।

यस बाहेक गायक राहुलले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट रिसेयर गरेर खुशी व्यक्त गरेका छन् । लोकप्रिय गायिका रिहाना आफ्नो एकेडेमी अवार्ड मनोनित गीत लिफ्ट मी अप फ्रम ब्ल्याक प्यान्थरस् वाकान्डा फोरएभर ओस्करमा प्रदर्शन गर्दै देखिनेछिन्।लस एन्जलसको डली थिएटरमा आयोजित ९५ औं एकेडेमी अवार्ड अर्थात् ओस्कर २०२३ मार्च १२ मा आयोजना हुँदैछ ।

तर समय अनुसार यो मार्च १३ मा भारतमा देखाइनेछ ।नाटु नातु गीत एसएस राजामौलीको फिल्म आरआरआरको नातु नातु यस वर्षको ओस्कारमा उत्कृष्ट मौलिक गीतको लागि मनोनीत भएको छ। यस हिट डान्स नम्बरको संगीत एमएम किरावानीले दिएका छन् । जबकि यसको शब्द चन्द्रबोसले लेखेका हुन् । अर्कोतर्फ, फिल्मको कुरा गर्दा, एसएस राजामौलीको यो फिल्म जसका मुख्य नायक राम चरण र जूनियर एनटीआर छन्।

हालै बेस्ट इन्टरनेशनल फिल्म आरआरआरले ४ अवार्ड जितेको थियो । सोही क्रममा रामचरण र एसएस राजामौली यो अवार्ड लिन स्टेजमा पुगेका थिए । यस क्रममा दुवैले निकै सुन्दर भाषण दिएका थिए, जसको सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । यति मात्र होइन, सेलिब्रेटीले सामाजिक सञ्जाल मार्फत टिमलाई बधाई पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर