कमेडी छोडेर अभिनयमा कपिल शर्मा , यस फिल्ममा हसाउँने मान्छेले सबैलाई रुवाउँदै — OSNepal

कमेडी छोडेर अभिनयमा कपिल शर्मा , यस फिल्ममा हसाउँने मान्छेले सबैलाई रुवाउँदै

LC (KTM) March 01, 2023 0

कमेडी छाडेर अब कपिल शर्मा फेरि अभिनयमा देखिने भएका छन् । कमेडियन कपिल शर्मा फिल्म ज्विगाटोमा डेलिभरी ब्वाईको भूमिकामा देखिनेछन् । कपिल शर्माको बहुप्रतिक्षित चलचित्र ज्विगाटोको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई अवार्ड विजेता निर्देशक नन्दिता दासले निर्देशन गरेकी हुन् । फिल्ममा कपिल फुड डेलिभरी राइडर बनेका छन् ।

ट्रेलरलाई ध्यान दिएर हेर्ने हो भने समाजसँग सम्बन्धित सबै उथलपुथललाई यसमा राम्ररी देखाइएको छ । फिल्म ‘ज्विगाटो’ फुड डेलिभरी ब्वाईको समस्या र संघर्षको कथा हो । यस फिल्ममा कपिलको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । साधारण डेलिभरी ब्वाईको जीवनमा हुने सबै कुरालाई फिल्ममा ख्याल गरिएको छ ।

जस्तो कि खाना ढुवानी गर्ने केटाले घरमा कसरी कठिनाइमा जीवन बिताउँछन्। उनको दैनिकी र घर खर्च कसरी चल्छ रु फिल्मको ट्रेलरले कडा मेहनतका साथसाथै धेरै भावनाहरू देखाएको छ। श्रीमतीको चाहना, छोरीको चाहना र बाबुको असहायतालाई फिल्ममा राम्रोसँग चित्रण गरिएको छ । यो फिल्मको ट्रेलर हेरेपछि तपाई पक्कै पनि भावुक हुनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर