आदिल अघि अभिनेत्री राखी सावन्तले यि मोडलसंग बिबाह गर्ने अन्तिम तयारीमा रहेको खुलासा — OSNepal

आदिल अघि अभिनेत्री राखी सावन्तले यि मोडलसंग बिबाह गर्ने अन्तिम तयारीमा रहेको खुलासा

LC (KTM) March 01, 2023 0

सामाजिक सञ्जाल क्वीन राखी सावन्त यतिबेला निकै समस्यामा छिन् । राखी सावन्तका अनुसार उनका पति आदिल खान दुर्रानीले उनलाई धोका दिएका छन् । राखीसंग आदिल खानले पैसा र गहना लिएर भागेको तथा एक युवतीसँग सम्बन्धमा रहेको आरोप लगाएकी छिन् । अहिले आदिल खानलाई न्यायिक हिरासतमा राखिएको छ, यद्यपि अभिनेत्रीले आदिलको बारेमा दिनहुँ चकित पार्ने खुलासा गरिरहेकी छिन् ।

तर अब अर्काे खुलासा भएको छ । राखी सावन्त आदिल भन्दा पहिले अर्कैसँग बिहे गर्ने तयारीमा थिइन् । आदिलभन्दा पहिले राखीको विवाह रितेश नामका व्यक्तिसँग भएको थियो । यो कुरा राखीले आफैंले एक अन्तर्वार्तामा खुलासा गरेकी हुन् । सन् २०१८ मा एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले आफू दीपक कलालसँग विवाह गर्न तयार रहेको बताएकी थिइन् ।

यसपछि राखीलाई प्रश्न सोधियो कि उनले दीपक कलाललाई मात्र किन रोजिन् रु उनीहरुसँग धेरै अभिनेता र धेरै मोडलहरू छन्। यसपछि पनि राखीको मन दीपक कलाललाई मात्र किन पर्यो रु यो प्रश्नको जवाफ राखीले निकै रमाइलो ढंगमा दिइन् । अभिनेत्रीले भनिन्, ‘दीपक मोडल हो, यो त्यस्तो खच्चर हो, जो जीवनभर मेरो साथमा रहनेछ र मेरो सेवा गर्नेछ । विवाह अघि पनि पवित्र छु, विवाहपछि पनि पवित्र रहनेछु।

उसले मेरो कुमारीत्वको प्रतिज्ञा गरेको छ, त्यसैले म विवाह पछि पनि कुमारी नै रहनेछु । दिपकले राखी सावन्तको कुरामा पनि जवाफ दिएका थिए । उनले भनेका थिए,-यो उनको गलत बुझाई हो , किनकि म बलियो मान्छे हुँ, उसले आफ्नो शरीरलाई मन्दिर हो भन्छे भने म त्यो पुजारी हुँ।ु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर