अमेरिकामा रामचरणको तारिफ , चर्चित टक शो मा ब्राड पिटको नामले बोलाए पछि रामचरण दंग — OSNepal

अमेरिकामा रामचरणको तारिफ , चर्चित टक शो मा ब्राड पिटको नामले बोलाए पछि रामचरण दंग

LC (KTM) March 01, 2023 0

साउथ सिनेमाका सुपरस्टार रामचरणलाई कुनै छुट्टै पहिचान चाहिँदैन । फिल्म ‘आरआरआर’ को अपार सफलताले रामचरणको नामलाई नयाँ उचाइमा पु¥याएको छ । हाल रामचरण ओस्कर २०२३ को लागि ‘आरआरआर’ को प्रमोशनका लागि अमेरिकामा छन् । जहाँ रामचरणले अमेरिकी टक शोमा भाग लिएका थिए ।

जसमा रामलाई हलिउड सुपरस्टार ब्राड पिटको नाममा चिनाइएको थियो । यसबारे रामचरणको प्रतिक्रिया चर्चाको विषय बनेको छ । यो अमेरिकी टक शो केटीएलए इन्टरटेनमेन्टको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस भिडियोमा तपाईले देख्न सक्नुहुन्छ कि शोका होस्टले राम चरणलाई भारतका ब्राड पिटको उपाधिले बोलाउँदैछन्।

यसपछि रामचरणको प्रतिक्रिया पनि आउँछ । एङ्करले रामचरणलाई हलिउड सुपरस्टार ब्राड पिटको उपाधि मन पर्यो कि भनेर सोधिन् ।जसको जवाफमा रामचरणले भनेका छन् -पक्कै पनि ब्राड पिटलाई धेरै मन पराइएको छ। यस्तो अवस्थामा ब्राड पिटसँग रामचरणको तुलनाको यो भिडियो इन्टरनेटमा आगोझैं फैलिरहेको छ ।

यससँगै अभिनेता राम चरण आफैंले पनि यो तुलनालाई धेरै मन पराएका छन्, जसको यस भिडियोबाट सजिलै अनुमान लगाउन सकिन्छ । रामचरणका फ्यानहरूले यो भिडियोलाई निकै लाइक र सेयर गरिरहेका छन् ।वास्तवमा, आगामी एकेडेमी अवार्ड २०२३ अर्थात् ओस्कर २०२३ मा, राम चरणको ब्लकबस्टर फिल्म आरआरआरको सुपरहिट गीत नाटु नातुुले बेस्ट ओरिजिनल गीत श्रेणीको मनोनयनमा स्थान पाएको छ।

जसका कारण यस पटकको ओस्कारमा रामचरणको ‘नाटु नाटु’ गीतमा सबैको नजर रहनेछ । मार्च १३ मा अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा ९५औँ ओस्कर अवार्ड आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर