मेरा फिल्म दर्शकले पटक्कै मन पराएनन् – अभिनेत्री सारा अली खान — OSNepal

मेरा फिल्म दर्शकले पटक्कै मन पराएनन् – अभिनेत्री सारा अली खान

LC (KTM) March 02, 2023 0

सारा अली खान युवा पुस्ताकी चर्चित नायिका हुन् । उनले आफ्नो करियर २०१८ मा फिल्म केदारनाथबाट सुरु गरेकि थिईन् । जसमा उनको अभिनयको निकै प्रशंसा भएको थियो। यद्यपि यो फिल्मले बक्स अफिसमा सोचेअनुरूप केही खास कमाई गर्न सकेन तर करियरको पछिल्लो ५ वर्षमा सारा अली खानका एक–दुई फिल्मलाई फ्यानले रिजेक्ट गरेका छन् ।

अहिले सारा अली खानले आफ्नो करियरमा भएका गल्तीका बारेमा खुलेर कुरा गरेकी छिन् । इस्टर्न आईसँगको कुराकानीमा सारा अली खानले आफ्नो करियरमा हरेक दिन केही न केही नयाँ सिक्ने गरेको बताइन् । यससँगै उनले आफ्ना फ्लप फिल्मको बारेमा पनि बताए । सारा अली खानले भनिन्, ‘एक अभिनेत्रीको हैसियतले दिनहुँ धेरै कुरा सिक्ने गर्छु ।

मैले पनि केही गल्ती गरेको छु । मैले केही यस्ता चलचित्र गरेकी छु, जुन दर्शकले पटक्कै मन पराएनन्, तर हरेक पटक फेरि उठ्नको लागि खस्नु जरुरी छ । सारा अली खानले अन्तमा भनिन्, ‘मैले गल्ती गर्नु यात्राको एउटा हिस्सा हो भनेर सिकेको छु । सारा अली खानले कार्तिक आर्यनसँग ‘लभ आज कल २’ मा काम गरेकी थिइन् ।

यस फिल्मका निर्देशक इम्तियाज अलि विभिन्न किसिमका रोमान्टिक र प्रेमकथाका फिल्म बनाउनका लागि चर्चित भएकाले यो फिल्मको बारेमा धेरै चर्चा भएको थियो तर यो फिल्म हलमा रिलिज हुनेबित्तिकै दर्शकले यसलाई पूर्ण रूपमा अस्वीकार गरे । ठूलो बक्स अफिसमा यो फिल्म फ्लप साबित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर