गायक रमण रेग्मी र निर्देशक केशवको सहकार्यमा तयार 'मुखै चिलाउनी'मा पुष्प र गीता — OSNepal

गायक रमण रेग्मी र निर्देशक केशवको सहकार्यमा तयार ‘मुखै चिलाउनी’मा पुष्प र गीता

LC (KTM) March 02, 2023 0

काठमाडौँ । गायक रमण रेग्मीको मुखै चिलाउनी बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक रमण र अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनीमा शब्द तथा संगीत संगीतकार दीपक शर्माको रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको सार्वजनिक गीतमा पछिल्लो पुस्ताका चर्चित नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ ।

केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार मुखै चिलाउनी एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी हो भन्न रुचाइँछन् गायक रमण । प्रेममा डुबेर खुशी खुशी जिन्दगी बिताउन चाहाने प्रेमील जोडीको छमछम नचाउने गीतलाई दर्शकले निकै माया दिने कुरामा गायक रमण आशावादी छन् । भन्छन् निकै नै मेहेनतका साथ यो भिडियो दर्शक स्रोताको माझमा ल्याएका छौँ जुन हेरेर सुनेर दर्शकले प्रतिक्रिया दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।

काभ्रे जिल्लामा जन्मिएर काठमाडौंको कोटेश्वरमा हुर्किएका गायक रमणका घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतका भिडियोहरु बजारमा आइसकेका छन् । जसले राम्रो चर्चा समेत बटुलेका थिए ।

डेढ दशकअघि अध्ययनका लागि अष्टेलिया गएका गायक रमण प्रवासमा रहेर पनि गीत संगीतमा अहोरात्र खट्ने स्रष्टा हुन् । अष्ट्रेलिया पुगेपछि पनि रमणले नेपाली गीत संगीतलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन लागिपरिरहेका छन् । विदेशमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा सक्रियतापूर्वक लागिरहेका गायक रमणको पछिल्लो र निकै नै आशा गरिएको मुखै चिलाउनीको भिडियो उनकै अफिसियल युट्युब च्यानल रमण रेग्मीबाट बजारमा आएको हो । सार्वजनिक भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन बन्दे प्रसाद र कलरिङ रेनिश फागोले गरेका हुन् । भिडियोको प्रायोजन इन्स्टा एजुकेशन एण्ड भिसा सर्भिसेज र शुभकामना नेपाली रेटुरेण्ड सिड्नीले गरेका हुन् । त्यस्तै भिडियोको निर्माण सबिना कुँवर रेग्मीले गरेकी हुन् । हेर्नुहोस् यो नाचौँ नाचौँ लाग्ने खालको गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर