सभापति देउवाद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई — OSNepal

सभापति देउवाद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई

LC (KTM) March 02, 2023 0

काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिनुभएको छ । सभापति देउवालेले आज सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनुभएको हो ।

उहाँले भन्नुभएको छ, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना ।” दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर