छत्रेश्वरीले जित्यो तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड — OSNepal

छत्रेश्वरीले जित्यो तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड

LC (KTM) March 02, 2023 0

सुर्खेत, १८ फागुन-तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि  सल्यानको छत्रेश्वरी गाउँपालिकाले उचालेको छ । प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ काँस्य पदक गरी २७ पदक  हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड उचालेको हो । 

त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ काँस्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ भने ७ स्वर्ण, ६ रजत र ६ काँस्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ। ६ स्वर्ण, ४ रजत १० काँस्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ काँस्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० काँस्य, त्रिवेणी गाउँपालिकाले ४ काँस्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ काँस्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ काँस्य र कालिमाटी गाउँपालिकाले १ रजत र १ काँस्य हात पार्न सफल भएका छन् ।

फागुन १५ देखि १८ गतेसम्म सल्यानको बागचौर नगरपालिका २ थारमारेमा सञ्चालित प्रतियोगितामा छात्र र छात्रातर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्शलआर्टका खेलमा जिल्लाका १० वटा पालिकाका खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर