पिएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित — OSNepal

पिएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

LC (KTM) March 03, 2023 0

काठमाडौं, १९ फागुन-युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ।टस हारेर पहिले बलिङ गरेको नेपापलले १८० रनको लक्ष्य पाएको थियो। दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सम्पन्न खेलमा नेपालले सात विकेट गुमाएर १२ बल मात्र बाँकी रहँदा जित निकालेको हो।खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको पपुवा न्युगिनीले चार बल बाँकी रहँदै सबै विकेट गुमाएर १७९ रनमा समेटिएपछि नेपालले १८० रनको लक्ष्य पाएको थियो।

ब्याटिङ नेपालले निकै कमजोर सुरुआत गरे पनि अन्तिममा आशिफ, कुशल मल्ल र सन्दीपले सम्झनलायक प्रदर्शन गर्दै नेपालाई जिताएका थिए। खेलमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल, आरिफ शेख र पेन्द्र सिंह ऐरीले दोहोरो अंकमा रन बनाउन सकेनन्। यी ब्याटर लगातार आउट भएपछि नेपाल ७४ रनमा छ विकेट गुमाएको कमजोर अवस्थामा थियो।खेलमा आशिफले ८६ रन बनाए भने सन्दीपले ३५ र कुशल मल्लले २३ रन बनाएका थिए। आज सन्दीप आसिफले आठौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए।

नेपालविरुद्धको खेलमा आस्साद भालाले तीन विकेट लिए भने सेसे बाउ र सेमो कमियाले समान २/२ विकेट लिएका थिए।पहिलो पारीमा, बलिङतर्फ नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट गिराएका थिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले पनि समान १/१ विकेट लिएका थिए।

यता पपुवा न्युगिनीका टोनी उराले ३९, हिरी हिरीले ३१ र पिप्लिन डोरिगाले २६ रन बनाएका थिए।यो खेलमा जित निकालेपछि नेपालले ३० खेलमा ३० अंक बनाएको छ। ३१ अंक बनाएको युएई पाँचौ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर