कोरोना बढ्दै गएपछि दश दिन निषेधाज्ञा थपियो — OSNepal

कोरोना बढ्दै गएपछि दश दिन निषेधाज्ञा थपियो

LC (KTM) May 08, 2021 0

डडेल्धुरा- डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सुदूरपश्चिमका छवटा पहाडी जिल्लाका नाकाका रूपमा रहेको यस जिल्ला सङ्क्रमणको उच्च जोखिमका रहेका कारण वैशाख १९ गतेबाट २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिएसँगै निषेधाज्ञालाई पनि कडाइका साथ निरन्तरता दिइएको छ । यसैगरी वैशाख २५ गते (आज) देखि जेठ ४ गतेसम्मका लागि थप १० दिन निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।

निषेधाज्ञाको अवधिभर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । खाद्य सामग्रीका पसल २५ गतेदेखि बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यहाँका सरकारी कार्यालयकोे समेत आकस्मिकबाहेक सबै सेवा बन्द गरिने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर