५ लाख बढी दर्शकले हेरे गायक रमण र सबिनाको 'मुखै चिलाउनी'को भिडियो — OSNepal

५ लाख बढी दर्शकले हेरे गायक रमण र सबिनाको ‘मुखै चिलाउनी’को भिडियो

LC (KTM) March 07, 2023 0

काठमाडौँ । गायक रमण रेग्मीको मुखै चिलाउनी बोलको गीतको भिडियो रिलिज गरिएको ५ दिनमा ५ लाख बढी दर्शकले हेरेका छन् ।
गायक रमण र अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनीले सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया पाएपछि गायक रमण झनै हौसिएका छन् । भन्छन् एउटा सर्जकलाई गीतको सफलताले निकै खुशी दिने रहेछ, म आज धेरै खुशी छु ।

अष्ट्रेलियामा रहेका गायकले खुशी साट्दै भने म मेरो सम्पूर्ण टिमका कारण आज यो स्थानमा छु । दर्शक र स्रोताको मायाले फेरी पनि मलाई नयाँ काम गर्ने जोश, जाँगर र उर्जा भरिएको छ । भिडियोले टिकटकमा पनि राम्रो सफलता पाइरहेको गायक रमणले बताए । दीपक शर्माको शब्द तथा संगीत संगीत रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

जसमा पछिल्लो पुस्ताका चर्चित नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ । केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार मुखै चिलाउनी एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी हो ।

रमणका यसअघि घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतका भिडियोहरु बजारमा आइसकेका छन् । भिडियोको निर्माण सबिना कुँवर रेग्मीले गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर