नारायणहिटी संग्रहालयले १४ वर्षमा ६० करोड कमायो — OSNepal

नारायणहिटी संग्रहालयले १४ वर्षमा ६० करोड कमायो

LC (KTM) March 08, 2023 0

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयले १४ वर्षमा झण्डै ६० करोड रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम संग्रहालय अवलोकन गर्दा लाग्ने टिकट बापतको हो ।

नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिले संग्रहालय खुलेको १४ वर्षमा सबैभन्दा बढी सर्वसाधारणको टिकट बापत आम्दानी संकलन भएको जनाएको छ । १४ वर्षको अवधिमा २१ लाख ३७ हजार ९ सय ५१ सर्वसाधारणले संग्रहालय अवलोकन गरेका छन् ।

समितिका सूचना अधिकारी पुरूषोत्तम थापाले १४ वर्ष अवधिमा नारायणहिटी संग्रहालयसँगै श्रीसदन र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने भएपछि अवलोकनकर्ताको संख्या ह्वात्तै बढेको बताउनुभयो ।

उक्त अवधिमा १५ लाख ७६ हजार ८ सय ५९ विद्यार्थीले संग्रहालय र गणतन्त्र स्मारक अवलोकन गरेको बताइएको छ । विद्यार्थीको टिकट बिक्री बापत ७ करोड ८८ लाख ४२ हजार रूपैयाँ संकलन भएको समितिले जनाएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर