२० वर्षसम्म बाँचेको यो हो दुनियाकै वृद्ध कुखुरा — OSNepal

२० वर्षसम्म बाँचेको यो हो दुनियाकै वृद्ध कुखुरा

LC (KTM) March 08, 2023 0

काठमाडौँ । संसारकै सबैभन्दा बुढो कुखुरा कहाँ होला रु यो अनौठो प्रश्न पक्कै पनि हो । किनकी कुखुराको आयू निकै कम हुन्छ त्यसमा पनि गिनिज बुकमा कुखुराले नाम लेखायो भन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसका अनुसार संसारकै सबैभन्दा बुढो कुखुरा अमेरिकाको मिचिगनमा रहेको छ ।

उक्त पोथी कुखुराको नाम पिनट राखिएको छ । चल्ला अवस्थामै आमाले छाड्दा झण्डै मृत्युको मुखमा पुगेको पिनटले आफ्नो जीवजनका २ दशक सफलतापूर्वक पार गरेको समेत गिनिज बुक अफ वल्र्ड रेकर्डसले जनाएको छ ।

हालै गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम दर्ता गर्ने समयमा यो कुखुराको उमेर अर्थात मार्च १ गते कम्तिमा २० वर्ष ३०४ दिन पुगेको बताइएको छ ।

पिनट अहिले कमजोर वृद्ध पोथी बनिसकेको कुखुरा पालक मार्सीले बताउँदै आएकी छिन् । मार्सी डार्विन अवकाशप्राप्त लाइब्रेरियन हुन् । उक्त कुखुरा जन्मदेखि नै पालिरहेको र उक्त कुखुरा बान्टाम नश्लको भएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर