मुस्लिम धर्मावलम्बिहरुको महान् पर्व इदको शुभकामना : डा शाक्य — OSNepal

मुस्लिम धर्मावलम्बिहरुको महान् पर्व इदको शुभकामना : डा शाक्य

LC (KTM) May 14, 2021 0

काठमाडौँ । मुस्लिम धर्मावलम्बिहरुको महान् पर्व इद उलफित्र आज परेको छ । इद उलफित्रका अवसरमा ईजरायलका लागि नेपाली राजदुत डा अन्जान शाक्यले देश विदेशमा रहनुहुने सम्पुर्ण नेपाली (खासगरी मुस्लिम समुदायका) दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

राजदुत शाक्यले एक विज्ञप्ति जारी गर्दै ईजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा जानकार रहँदै सुरक्षित हुने उपायहरु अवलम्बन गर्न ईजरायलवासी नेपालीहरुमा पुनः हार्दिक अपिल ब्यक्त गरेकी छिन् । यसैबिच मुस्लिम धर्मावलम्बिहरुको महान् पर्व इद उलफित्रको अवसरमा आज २ नम्बर प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

मुस्लिम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको अवसरमा प्रदेश सरकारले वैशाख ३१ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले यस वर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन समेत अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर